मोती भुजेलको लोक गीत ‘सुन भनेर नमिसाउ पित्तल’ सार्वजनिक

  • पोखरा न्यूज
  • २०८१ पौष १५
मोती भुजेलको लोक गीत ‘सुन भनेर नमिसाउ पित्तल’ सार्वजनिक

पाेखरा । पोखरेली स्रष्टा मोती भुजेलको पहिलो लोक गीत सार्वजनिक भएको छ । भुजेलको शब्द रचना सुन भनेर नमिसाउ पित्तल बोलको गीतमा मोहन नेपाली र कल्पना विष्टको स्वर रहेको छ ।

गत शनिबार बिबि अनुरागी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बिबि अनुरागीकै सङ्गीत संयोजन छ ।

प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिप्रेमीका हुन वा लोग्नेस्वास्नीले धन सम्पत्तीमा भन्दा मायामा विश्वास गर्न व्यक्त गरेको भाव प्रस्तुत गरिएको छ ।

गीत रेकर्डिङमा कमल थापा, गोबिन्द अनेक, सुकराम रसाइली, श्यामस्वेत रसाइली, निशान्त बिश्वकर्मा, मनोज बिके, मदन सापकोटा, बिराज गन्धर्व, वीरेन्द्र थापा, बिमल गौतम, अर्जुन लोहार र सुनिता रसाइलीले साथ दिएका छन् ।

लोक गीत पारखीबाट गीतमाथि उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको सङ्गीतकार अनुरागी बताउँछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस