जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा बास्तोला निर्वाचित

  • पोखरा न्यूज
  • २०८१ पौष २८
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा बास्तोला निर्वाचित

पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दिपकराज बास्तोला निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न ५१औँ साधारणसभाले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमा दीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे छन् ।

यस्तै राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी, सञ्चालक सदस्यमा आनन्द सुवेदी, धनराज पुरी, विमलाकुमारी थापा बस्नेत, मैनादेवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी क्षेत्री, ईश्वरीप्रसाद लम्साल छन् ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा शुष्मा पहारी, नारायण बजगाइँ छन् । ईश्वरी ढकाल संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संघले उत्कृष्ट काम गरेको बताए ।
उनले सहकारी सिद्धान्त, मूल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गरेमा कुनै समस्या नआउने जिकिर गरे ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अधिवक्ता युवराज पराजुलीले पनि बोलेका थिए ।

कार्यक्रममा सहकारीका ११ जना ज्येष्ठ अध्यक्ष, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्था, पत्रकार हरि पन्त, उत्कृष्ट कर्मचारी गुरुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सावित्रा कोइराला, कोषाध्यक्ष नवराज बराल र लेखा सुपरिवेक्षण समितिका धर्मराज गुरुङले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कोइरालाको अध्यक्षतामा भइको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दिपकराज बास्तोलाले सञ्चालन गरेका थिए

पोखरा-७ सहिदचोकस्थित संघमा हाल चार सय २४ सहकारी संघ र संस्था आवद्ध छन् ।

संघले दुग्ध सहकारीमार्फत दैनिक रुपमा संकलित करिब चार हजार लिटर दूध खरिद गरी प्रशोधन गरेर प्याकेट दूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस