जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा बास्तोला निर्वाचित

पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दिपकराज बास्तोला निर्वाचित भएका छन् । संस्थाको शनिबार सम्पन्न ५१औँ साधारणसभाले बास्तोलालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमा दीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस्तै राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी, सञ्चालक सदस्यमा आनन्द सुवेदी, धनराज पुरी, विमलाकुमारी थापा बस्नेत, मैनादेवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी क्षेत्री, ईश्वरीप्रसाद लम्साल छन् ।

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा शुष्मा पहारी, नारायण बजगाइँ छन् । ईश्वरी ढकाल संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संघले उत्कृष्ट काम गरेको बताए ।
उनले सहकारी सिद्धान्त, मूल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गरेमा कुनै समस्या नआउने जिकिर गरे ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अधिवक्ता युवराज पराजुलीले पनि बोलेका थिए ।

कार्यक्रममा सहकारीका ११ जना ज्येष्ठ अध्यक्ष, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्था, पत्रकार हरि पन्त, उत्कृष्ट कर्मचारी गुरुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सावित्रा कोइराला, कोषाध्यक्ष नवराज बराल र लेखा सुपरिवेक्षण समितिका धर्मराज गुरुङले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष कोइरालाको अध्यक्षतामा भइको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दिपकराज बास्तोलाले सञ्चालन गरेका थिए

पोखरा-७ सहिदचोकस्थित संघमा हाल चार सय २४ सहकारी संघ र संस्था आवद्ध छन् ।

संघले दुग्ध सहकारीमार्फत दैनिक रुपमा संकलित करिब चार हजार लिटर दूध खरिद गरी प्रशोधन गरेर प्याकेट दूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button