पोखरा । पोखराको लेकसाइडमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ संचालनमा आएको छ ।
साढे २ रोपनी क्षेत्रफलमा ५५ करोड रुपैयाँ लगानीमा पोखराका पर्यटन व्यवसायी विश्वराज पौडेल र भिष्मराज पौडेलले होटल संचालनमा ल्याएका हुन् ।
होटलमा ४७ वटा डिलक्स रुम, ५ वटा सुपर डिलक्स, २ वटा जुनियर स्विट र १ वटा प्रेसिडेन्सियल स्विट रुम रहेको संचालक विश्वराज पौडेलले बताए ।
आधुनिक डिजाइन र नेपाली शैलीलाई मिक्स गरे निर्माण गरिएको होटलमा स्विमिङ पुल, कन्फ्रेन्स हल, फिटनेस हल, स्पा लगायत पर्यटकका लागि आवश्यक सेवाहरु उपलब्ध हुने पौडेलको भनाई छ ।
चिल्ली ग्रुप अन्तर्गत उक्त होटल संचालनमा ल्याइएको हो । यस अघि ग्रुप अन्तर्गत चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज सञ्चालन भइरहेका छन । ग्रुपले यी सबै क्षेत्रमा दुई अर्व लगानी गरेको जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution