पोखरा । होटल संघ पोखराको आयोजनामा पोखरामा आजदेखि २०औँ फेवा नव वर्ष महोत्सव सुरु हुँदै छ । महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।
पर्यटकलाई लक्षित गरी संघअन्तर्गतका सदस्य होटेलहरूले महोत्सव अवधिभर आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका छन् ।
संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीका अनुसार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा, गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृति, बाजागाजा, भजन तथा रत्यौली कार्यक्रमहरू महोत्सवमा प्रस्तुत गरिने छन् ।
महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परिकारहरूको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद तथा पर्यटक दौड प्रतियोगिता रहनेछ । पर्यटन, संस्कृति र स्थानीय खाना महोत्सवका मुख्य केन्द्रबिन्दु हुने आयोजकको भनाई छ ।
पोखराको खहरे चोकदेखि ड्यामसाइडसम्मको तीन किलोमिटर क्षेत्रभित्र संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवको प्रवर्द्धन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution