पोखरामा आजदेखि फेवा नव वर्ष महोत्सव

पोखरा । होटल संघ पोखराको आयोजनामा पोखरामा आजदेखि २०औँ फेवा नव वर्ष महोत्सव सुरु हुँदै छ । महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने छ ।

पर्यटकलाई लक्षित गरी संघअन्तर्गतका सदस्य होटेलहरूले महोत्सव अवधिभर आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीका अनुसार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा, गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृति, बाजागाजा, भजन तथा रत्यौली कार्यक्रमहरू महोत्सवमा प्रस्तुत गरिने छन् ।

महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परिकारहरूको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद तथा पर्यटक दौड प्रतियोगिता रहनेछ । पर्यटन, संस्कृति र स्थानीय खाना महोत्सवका मुख्य केन्द्रबिन्दु हुने आयोजकको भनाई छ ।

पोखराको खहरे चोकदेखि ड्यामसाइडसम्मको तीन किलोमिटर क्षेत्रभित्र संचालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवको प्रवर्द्धन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button