पोखरा नदीपुरमा ५० लाखको लागतमा कफी शप संचालनमा

पोखरा । पोखरा महानगरपालिका–३ नदीपुरमा ५० लाखको लागतमा ‘कानुङ क्याफे एण्ड कफी शप’ संचालनमा आएको छ ।

पोखरा महानगरपालिका–३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नवीन आले मगरले नव वर्ष २०८२ को अवसर पारेर  क्याफे संचालनमा ल्याएका हुन् ।

क्याफेमा नयाँ वर्ष तथा उद्घाटन अफर अन्तर्गत वैशाख १५ गतेसम्म कफी तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने संचालक आले मगरले बताए । ‘कफी पारखीहरूका लागि मात्रै नभएर प्रचलित खाजाका परिकारहरू हाम्रो क्याफेमा उपलब्ध हुनेछन्, उनले भने, ‘नयाँ वर्षदेखि २ हप्ताका लागि कफी तथा हरेर परिकारमा १० प्रतिशत छुट दिँदै छौ ।’

Hot Air Balloon Booking
Paragliding Pokhara
स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिक मैत्री सेवा दिने उद्देश्यले क्याफे संचालनमा ल्याएको बताउँदै हाल ७ जना कर्मचारी कार्यरत रहेको उनले बताए ।

‘अहिले युवाहरू देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे संचालनमा ल्याएको हुँ, उनले भने, ‘कानुङ क्याफे नाफामुखी मात्र नभएर सेवामुखी क्याफे बनाउने प्रयत्न गरेको छु ।’

उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामकरण गरिएको  बताए । ‘मै सामाजिक क्षेत्रमा क्रियाशील भएको हिसाबले पनि आफ्नो भाषाको संरक्षण गर्ने हेतुले क्याफेको नाम पनि ‘कानुङ क्याफे’ राखिएको हो, संचालक आले मगरले भने, ‘यसले मगर समुदायलाई मात्रै होइन अन्य समुदायलाई पनि अपनत्व गराउँछ भन्ने विश्वास छ ।’
मगर भाषामा ‘कानुङ’  भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ । राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्रमासमेत क्रियाशील आले मगर विभिन्न संघ संस्थामा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button