
पोखरा न्यूज । पोखरा–२ बाग्लुङ बसपार्क क्षेत्रबाट कास्की प्रहरीले शुक्रबार १९ जना खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ ।
खाजाघरमा अनैतिक गतिविधि र होहल्ला भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर लागुऔषध सेवन गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने र शान्ति सुरक्षा भंग गर्ने कार्यमा संलग्न १९ जना खाजाघर सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा प्रकाश गुरुङ (३७), विमला मगर (३३), मनदेवी घर्ती (२४), बेलकुमारी रानाभाट (२३), मिना गुरुङ (४०), सरिता परियार (३५), मिना सिर्पाली (३५), निरु तामाङ (५०), राधिका नेपाली (४२), टिका माया तामाङ (४०), विष्णु किसान (२८), आशा मगर (३५), माया कार्की (४२), मनकुमारी किसान (३५), मञ्जु लामा (४९), लक्ष्मी बिक (४४), आशा तामाङ (३७), सुवास दर्जी (३१) र सिता परियार (४५) रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।





