कास्की प्रशासनले दुई कार्यकक्षबाट सेवा दिन थाल्यो

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुई वटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ ।

आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएपछि परिसर भित्रको दुई कोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबार देखि सेवा दिन सुरु गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरिएको हो ।

कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button