एमाले कास्कीका इन्चार्ज थापाको हृदयघातबाट निधन

पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज तथा पोखराका पूर्वमेयर कृष्ण थापाको निधन भएको छ।

हृदयघात भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको निधन भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिएका छन्।

एमाले कास्की कमिटीले बिहीबार चुनावी समीक्षा बैठक बोलाएको थियो। सोही बैठकमा बोलेका उनी करिब १० मिनेटको सम्बोधनपछि अचानक ढलेका थिए ।  त्यसपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनी २०७४ सालमा गण्डकी प्रदेशसभा सदस्य पनि बनेका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी प्रदेशसभा सदस्यबाट राजिनामा दिएर पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए तर पराजित भएका थिए।

कास्कीको बाटुलेचौरमा १६ चैत २०१६ मा जन्मिएका थापाको ६६ वर्ष कै उमेरमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button