
पोखरा । पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा ठक्कर दिँदा दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शुक्रबार विद्यालयबाट घर फर्किरहेका ६ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापा UP१३A०७७७० नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै बालबालिकालाई उपचारका लागि चितवन लगिएको थियो। उपचारकै क्रममा शनिबार बिहान उनीहरूको मृत्यु भएको हो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





