स्याङजाका दुई युवक पोखरामा ब्राउन सुगरसहित पक्राउ

पोखरा । स्याङजाका दुई युवक पोखरामा ब्राउन सुगरसहित पक्राउ परेका छन्।

लागूऔषध अनुसन्धान नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान करिब ४:०० बजे पोखरा –३२ मजुवा स्थित पृथ्वीराजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६९५ नम्बरको सार्वजनिक बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्जा आधिखोला-२ निवासी ३२ वर्षीय बिनोद क्षेत्री र स्याङ्जा फेदिखोला-५ निवासी २६ वर्षीय रेशम क्षेत्री पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

डिएसपी पासवानका अनुसार उनीहरुले आफू बसेको सिटको झ्यालको पर्दाभित्र लुकाएको अवस्थामा ३१.०७ ग्राम ब्राउन सुगर फेला परेको हो। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर बरामद लागूऔषधसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button