
पोखरा । पोखरामा गलत दिशाबाट सवारी चलाउने ५६ जना सवारी चालक कारवाहीमा परेका छन्।
गलत दिशाबाट सवारी चलाउदा हुने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष चेकिङका क्रममा उनीहरूलाई प्रचलित कानुनबमोजिम कारवाही गरिएको हो।
प्रहरीका अनुसार मंगलबार पृथ्बीराजमार्गमा गरिएको विशेष जाँचका क्रममा गलत दिशाबाट सवारी चलाउने स्कुटर, मोटरसाइकल, ट्याक्सी, बस, ट्रक, बोलेरो भ्यान लगायतका सवारीका ५६ जना सवारी चालक कारवाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी चालकलाई सहि दिशामा सवारी चलाउन, ट्राफिक नियमको पूर्ण रूपमा अनुसरण गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ।





