पोखराको हेम्जामा तीव्र गतिमा सवारी चलाउने ६२ चालक कारवाहीमा

पोखरा । पोखराको हेम्जास्थित भूपि शेरचन राजमार्गमा तीव्र गतिमा सवारी चलाउने ६२ जना सवारी चालक कारवाहीमा परेका छन्।

तीव्र गतिका कारण हुने सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले सञ्चालन गरेको विशेष ट्राफिक निगरानीका क्रममा  उनीहरूलाई प्रचलित कानुनबमोजिम कारवाही गरिएको हो।

प्रहरीका अनुसार शनिबार गरिएको विशेष जाँचका क्रममा तोकिएको गति ६० भन्दा बढी गतिमा सवारी चलाउने ६२ जना चालकसँगै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने थप ८ जना सवारी चालकलाई समेत नियमानुसार कारवाही गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी चालकलाई निर्धारित गति सीमा पालना गर्न, ट्राफिक नियमको पूर्ण रूपमा अनुसरण गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button