पोखराको फेवातालमा अलपत्र युवतीको सकुशल उद्दार

पोखरा। पोखराको फेवातालको बीचभागमा अलपत्र परेकी एक युवतीलाई सशस्त्र प्रहरी बलले सकुशल उद्दार गरेको छ।

शनिबार फेवातालमा कायाकिङ गर्ने क्रममा हावाहुरीका कारण तालमा फसेकी काठमाडौँ नारायणटारकी २३ वर्षीया रतिकिा फुयाललाई फेवा वाच एन्ड रेस्क्यु टावरमा खटएिको सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो ।

सशस्त्र प्रहरी बल हेडक्वार्टर कालकिाका अनुसार प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा खटएिको विशेष विपद उद्दार टोलीले तालको बीचबाट सकुशल उद्दार गरेर सुरक्षित स्थानमा लगेको छ ।

हाल फुयालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button