पोखराको फेवातालमा डुबेर भारतीय पर्यटकको मृत्यु

पोखरा । पोखराको फेवातालमा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पोखरा घुम्न आएका अन्दाजी ३६ वर्षका भारतीय पर्यटक रोहित कुमारको शुक्रबार दिउसो तालमा डुबेर मृत्यु भएको हो।

प्रतक्ष्यदर्शीका अनुसार तालबाराही मन्दिरको छेउमा फोटो खिच्ने क्रममा फेवातालमा खसेर रोहित बेपत्ता भएका थिए ।

करिव ४:५० बजेको समयमा तालमा डुबेर बेपत्ता भएका उनलाई सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले करिव ५ :१० बजे अचेत अवस्थामा उद्दार गरेको थियो ।

फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उद्दार गरे पश्चात पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले चेक जाँचका क्रममा मृत घोषणा गरेका हुन  ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button