लण्डन। बेलायतमा बस्दै आएका एक भुतपुर्व गोर्खा सैनिकको कोभिड-१९ बाट मृत्यु भएको छ ।
लण्डन नजिकै ह्यारो शहरमा बस्दै आएका ६६ वर्षीय लिलाबहादुर राईको कोरोना भाइरसबाट १४ मार्चमा मृत्यु भएको जनाइएको छ । राईको नर्थविक पार्क अस्पतालमा मृत्यु भएको हो ।
नेपालमा संखुवासभाको खाँदबारी घर भएका राई लामो समय देखि उतै बस्दै आएको र पहिले देखि नै स्वास्थ्यमा समस्या देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
हाल उनको परिवारलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो आँकडा अनुसार बेलायतमा कोरोनाबाट १ सय ७७ को मृत्यु भइसकेको छ भने ४ हजार ९४ जना संक्रमित भएका छन् । -रासस