पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान गण्डकी प्रदेशका ६ जिल्लाका थप १६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखराका २७ र ३३ बर्षीय २ पुरुषसहित तनहुँका १ पुरुष ,बागलुङका २ पुरुष, म्याग्दीका ३ पुरुष, स्याङ्जाका १ पुरुष र नवलपुरका ५ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । आज संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ सय ८७ पुगेको छ । आजै गण्डकी प्रदेशमा कोरोनाका कारण गोरखाका एक पुरुषको मृत्यु भएको छ । यस सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।