पोखरा । तनहुँको मर्स्याङ्दी नदी किनारमा एक महिला मृत फेला परेकी छिन् ।
बिहीबार बिहान करिब ९:४५ बजे तनहुँ जिल्लाको आबुँखैरेनी गाउँपालिका-४ बेनिटार स्थित मर्स्याङ्दी नदी किनारमा एक महिला मृत फेला परेकी हुन् । अन्दाजी ४५ वर्षीया मृतक महिलाको पहिचान हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।
शव सडेगलेको अवस्थामा फेला परेको र मृत्युको कारण पत्ता लागि नसकेको पनि जना जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।