पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशको नवलपुर जिल्ला मध्यबिन्दु १२ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाएको हो ।
निर्देशनालयका अनुसार लुम्बिनी अस्पताल रुपन्देहीमा उपचाररत पुरुषको २६ गते दिउसो ४:३० बजे मृत्यु भएको हो । मृतकमा निमोनिया र स्वासप्रस्वास सम्बन्धित समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।