सांसदहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन (हेर्नुस तस्वीरहरु)

पोखरा न्यूज । संसद भवन नयाँबानेश्वरमा आज प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव नेपालसहित सा‌सदहरुकाे पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

संघीय संसदका कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मी, विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, सुुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको  सभामुख सापकोटाकाे सचिवालयले जानकारी दिएकाे छ । स्वाव संकलन भोलि पनि हुने  सचिवालयले जनाएकाे छ ।

वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरिएकाे हाे ।

हेर्नुस संसद भवनमा स्वाव संकलनका तस्वीरहरुः

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button