रामकुमारी झाँक्री भन्छिन- जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एमाले नेतृ रामकुमारी झाँक्रीले संविधान र गणतन्त्रको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ ।

एमाले पार्टीमा बढ्दै गएको विवाद मिलाउन शीर्षतह र दोस्रोतहका नेताहरु हिजो र आज सक्रिय भएको अवस्थामा उहाँको यस्तो प्रतिक्रिया आएको हो ।

आज दिउसो नेता माधव नेपालले पनि पार्टीमा कुनै सहमति भइनसकेको सन्देश संजालमार्फत जारी गर्नुभएको छ ।

नेताहरु वीच भइरहेको भेटघाट र वार्तालाई संकेत गर्दै पार्टीमा नेपाल समूहसँग नजिक रहनुभएकी झाँक्रीले उधारो संझौता हुन नसक्ने पनि बताउनु भएको छ ।

सामाजिक संजालमा झाँक्रीले आज पोष्ट गरेको सन्देश यस्तो छः

राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button