
पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ३६८ जना संक्रमित थपिएका छन् । देशैभरबाट १९ हजार ८ सय ८३ जनाको नमूना परिक्षण गर्दा थप सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मुलुक भर ४ लाख ५५ हजार २० जना पुगेका छन् ।
त्यस्तै गएको २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । हाल ३ लाख ३९ हजार ७ सय ५६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिले एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोभिड–१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा ५ हजार १ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
हाल १ लाख १० हजार २ सय ६३ जना आइसोलेसनमा रहेका छन् भने ७ सय १ जना क्वारेन्टीनमा बसेका छन् ।





