पोखरामा अनुमति नै नभएको ल्याबमा कोरोना परीक्षण

परीक्षण अवैध !

पोखरा न्यूज ।  पोखरामा पिसिआर परीक्षण गराउँदै आएको एक ल्याबले सञ्चालन अनुमति नलिएको पाइएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार एक सूचना जारी गर्दै पोखरामा पिसिआर परीक्षण गराउँदै आएको बिध ल्याबले अनुमति बेगर कोरोना परीक्षण गराउँदै आएको जनाएको हो ।

प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले पोखरा ८ नयाँ बजारमा सञ्चालित बिध ल्याब प्रालि हालसम्म दर्ता नभएको भन्दै उक्त ल्याबमा हुने परीक्षण अवैध हुने उल्लेख गर्नुभएको छ ।

चौधरीले सूचना मार्फत सर्वसाधारणलाई उक्त ल्याबमा पिसिआर लगायतका कुनै पनि परीक्षण नगर्न अनुरोध समेत गर्नुभएको छ ।

मन्त्रालयले ललितपुरस्थित कुपन्डोलमा रहेको बिध म्यानेजमेन्टलाई गत साउनमा  शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो । बिधले पोखरामा शाखा सञ्चालनको लागि  अनुमति नलिएको पाइएको हो ।

सूचना हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button