
पोखरा न्यूज । तीन दिन अघि मात्रै कोरोना संक्रमणबाट छुटकारा पाउनुभएका गण्डकी प्रदेश सभा सदस्य राजीव पाहारी कोरोना संक्रमितको हेरचाह र सेवामा जोडतोडका साथ लागि पर्नुभएको छ ।
हिजो मात्रै सङ्क्रमितहरूलाई एम्बुलेन्सको व्यवस्थापनमा जुट्नुभएका पाहारी आज पोखरा ३० मा अवस्थित गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको सङ्क्रमित तथा सरुवा रोग अस्पतालमा बिरामीहरूलाई भोजनको व्यवस्थापन गर्न पुग्नुभएको हो।
अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरूलाई दस दिनको लागि खाना, खाजाको व्यवस्थापन गरिएको संसद पाहारीले जानकारी दिनुभयो ।
अहिलेको महामारीमा बिरामीहरूलाई उपचार ,सकारात्मक उत्प्रेरणा र पौष्टिक खाना महत्त्वपूर्ण रहने हुँदा आफू बिरामीको हेरचाह खानाको बन्दोबस्तमा जुटेको उहाँको भनाई छ ।
‘अहिलेको मुख्य काम जनताको जिउ र स्वास्थ्यको रक्षा भएको भन्दै पाहारीले आर्थिक वर्ष २०७७-७८ को खर्च हुने नसकी बाकी रहेको विकास बजेट कोरोना नियन्त्रण र उपचारमा लगाउनुपर्छ । ज्यान रहे विकास गर्दै गरौँला ,पहिले जनता जोगाऔँ’, पाहारीले भन्नुभयो ।





