पर्यटक गाडीमा गैरपर्यटक चढ्न पाउदैनन मन्त्री – मन्त्री लेखक

पोखरा –

भौतिक योजना तथा यातयात मन्त्री रमेश लेखकले पर्यटक गाडीमा गैर पर्यटकहरु चढ्न नपाउने बताएका छन ।

पोखरा उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखकले पर्यटकहरुको लागि भनेर दिएको सुविधा सम्पन्न गाडीमा गैर पर्यटकहरुले सेवा लिन नपाउने गरी यातयात व्यबस्था एन सम्सोधन गर्न लागेको बताएका हुन ।

उनले भने “पर्यटक गाडीमा गैरपर्यटक चढ्न पाईदैन, पर्यटकहरुको लागि भनेर दिएको सुविधा गैरपर्यटकहरुले लिन पाउदैनन । ” आन्तरीक र बाह्यि पर्यटकहरुको परिभाषा प्रष्ट नभएकोले यस बिषयमा पटक पटक निजी क्षेत्र र सरकार ,विच विवाद हुदै आएको छ । यातयात व्याबस्था एन सम्सोधन गर्न लागेको बताएका मन्त्री लेखकले हाल पर्यटक स्तरका गाडीहरुले दिएको सेवा सुविधामा कुनै प्रभाव नपार्ने गरी एन सम्सोधन गर्न लागेको बताए । पर्यटक गाडीहरुले पुर्ववत ढंगले सेवा दिने गरी एन सम्सोधन गर्न लागेको प्रष्ट पार्दै सवारी दुर्घटनालाई न्युनिकरण गर्न सरकारले यस्तो एन सम्सोधन गर्न लागेको उनले प्रष्ट पारेका हुन । विदेशमा भएको जस्तो एम्वुस नम्वर प्लेट र सवारी अनुमति पत्र लाईसेन्स (स्मार्ट कार्ड ) को रुपमा प्रयोगमा ल्याउने तयारी गरेको उनले जनाए ।

फरक प्रसङगामा उनले मुलुकको आर्थिक उन्नतीको लागि पनि अनिवार्य रुपमा चैत्र महिना भित्र स्थानीय निकायको निर्वाचन हुने बताएका हुन । उनले भने “हामीले २००७ साल देखि करीब ६५ बर्ष राजनीतिक विवदमा समय वितायौं, अब हामीले राजनीतिक एजेन्डालाई एक ठाँउमा राखेर आर्थिक एजेन्डालाई अघि सार्नु पर्दछ, त्यसको लागि स्थानीय निकायको निर्वाचन विकासको पहिलो खुड्किलो हो । ” मुख्य तीन दल बिच स्थानीय तहको सङख्या निर्धारण गर्ने बिषयमा एक मत भएकोले यसमा सरकारले अब मिति तोकेर निर्वाचन गराउन लाग्ने तयारी गरेको समेत उनले बताए । आर्थिक विकास विना विकास असम्भव भएकोले अब देशमा आर्थिक समृद्धिको बढी चर्चा गर्नु पर्ने समय आएको मन्त्री लेखकले बताए ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले पोखरा क्ष्ोत्रको समग्र विकासको लागि सम्बन्धित निकायहरुसंगको सहकार्यमा अघि बढ्ने बताए । पोखरा २५ स्थायी घर भएका बराल पोखराको सौन्दर्य सहित यहाँको आर्थिक एवं पर्यटनको विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न वचन दिए ।

सरोकारवाला निकायलाई जिम्मेवार वनाउने काममा आफु लाग्ने बताउदै उनले भने “जनप्रतिनिधि विहिन हुदा हाम्रो विकास निमार्ण कार्य ढिला सुस्ती भएकै हो ।” राष्ट्रिय पर्यटन परिषदका सदस्य बासुदेव त्रिपाठीले हरियो प्लेटका गाडीमा गैरपर्यटकहरु चढ्न नदिने यातयात व्याबस्था एन सम्सोधन हुन लागेकोमा द्ुखः व्यक्त गर्दै पर्यटक गाडीमा आन्तरीक र बाह्यि दुबै पर्यटकहरु चढ्न पाउनु पर्ने माग गरेका थिए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा विगत लामो समय देखि भौतिक पुर्वाधार निकै कम भएको गुनासो गरे । पर्यटन व्यवसायी गोविन्दराज पहारीले पोखराको मुख्य आषर्णको केन्द्र रहेको फेवाताल बचाउन आग्रह गरे । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले पोखरा र लेखनाथको विकासको लागि गुरुयोजना आवश्यक भएको बताए । कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले कास्कीलाई आउदो चैत्र भित्रमा पुर्ण साक्षर जिल्ला घोषणा गरीने भाएकोले शिक्षाको पहुच भन्दा बाहिर रहेका वालवालीकाहरुलाई बिद्यालय सम्म पुराउन सवैमा आग्रह गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङले १३ औं साग नेपालमा हुने भएको र १० वटा खेल पोखरामा हुने भएकोले त्यसको लागि सवैको सहयोग आवश्यक भएको बताए । यातयात व्यवसायी वसन्ध प्रधानले पोखरामा यातयात व्यावसायीको अस्वस्थ प्रतिष्प्रर्धाले गर्दा र ठुला तथा फराकिला आइल्याण्डले गर्दा पोखरामा ट्राफिक जाम सुरु भएको दाबी गरे ।

संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखराका डिआईजी कमलसिंह वम, सशस्त्र प्रहरीका डिआईजी नरेन्द्र सिंह, संघका पुर्व अध्यक्ष रमेश कर्मचार्य, लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरी, पर्यटन व्यवसायी रमेश भट्टराई, हरी पौडेल, लायन्स प्रेम बहादुर श्रेष्ठ, धनन्जय आचार्य लगायतले पोखरामा जुन रुपमा हुनु पर्ने विकास नभएको गुनासो गर्दै पोखराको गुरुयोजना सहित विकास गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button