पोखरामा लायन्स नाइट शनिबार, सविनले नचाउने सुष्मा नाच्ने

पोखरा –

विजयादशमीको अवसरमा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले आयोजना गरेको लायन्स नाइटको तयारी सकिएको छ । १५ गते शनिबार फुलबारी रिसोर्टमा हुने कार्यक्रममा गायक सबिन राई, रामभक्त जोजिजु, इतु जोजिजुले सांगीतिक प्रस्तुती दिनेछन् भने नेपाली चलचित्र कि चर्चित नायिका सुष्मा कार्कीको नृत्य रहने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष सुदिप पौडेलले बताए ।

कार्यक्रममा पोखरामा रहेका लायन्स तथा गैरलायन्सहरु विच शुभकामना आदानप्रदान गरिने क्लबका सल्लाहकार अर्जुन केसीले जानकारी दिए । यसका साथै क्लबले अघिल्लो वर्ष देखि गर्दै आएको लायन्स गभर्नर सम्मान कार्यक्रमलाई पनि निरन्तरता दिनेछ । बर्ष २०१५–१६ का गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापालाई बिदाई सम्मान तथा वर्ष २०१६–१७ का गर्भनर एमजेएफ लायन बालकृष्ण बुर्लाकोटीलाई स्वागत सम्मान गरिने कार्यक्रमका अतिथी सत्कार संयोजक किसन गिरीले बताए । ‘यो क्लबको मेघा इभेन्ट हो साथै गभर्नर सम्मान पनि भएकाले यो सम्पुर्ण लायन्सहरुका लागि बिशेष कार्यक्रम हो ।’ क्लबका प्रथम उपाध्यक्ष बिष्णुबाबु खडकाले भने । पोखराका लायन्स तथा गैर लायन्स गरि ७ सय जनाको उपस्थिती रहने अनुमान गरेको क्लबका कोषाध्यक्ष एकराज गिरीले जानकारी दिए । कार्यक्रम साँझ ६ बजे देखि १० बजे सम्म चल्ने छ । कार्यक्रममा सहभागीहरुको सुविधाका लागि राती फर्कनका लागि बसको ब्यवस्था तथा बस्न चाहनेका लागि फुलबारी होटलमा सुपथ मुल्यको कोठाको ब्यवस्था गरेको आयोजकले बताएको छ ।

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पर्वतका एकै घरका ५ मृगौला पिडितको सहयोगार्थ आर्थिक संकलन अभियान पनि चलाएको छ । सो कार्यक्रममा समेत उक्त पिडित परिवारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिने प्रचारप्रसार संयोजक सन्जय मल्लले जानकारी दिए । यस अघि क्लबको अगुवाइमा पिडित परिवारका लागि बिभिन्न कार्यक्रममा ४२ हजार रुपैया हस्तान्तरण गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button