पोखरा –
पोखरामा बिद्यार्थीहरुले सोलार हाइब्रिड कार निमार्ण गरेका छन । इन्जीनियरीङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, मेकानिकल बिभाग अन्र्तगतको चौथो बर्षमा अध्ययनरत ८ जना बिद्यार्थीहरुको एक टोलीले अन्तिम बर्षको प्रोजेक्ट सोलार हाइब्रिड कार निमार्ण गरेका हुन ।
विश्वमा देखिएको उर्जा संकट र नेपालमा हुने भारतीय नाकावन्दीको असरलाई मध्यनजर गरी आफुहरुले करीब एक बर्षको लागेर उक्त कार निमार्ण गरेको दिपेस कार्कीले बताए । कार्की सहित विभिन्न जिल्लाबाट आएका ८ जना युवाहरुको एक टोलीले नेपालको हावा पानी र वातावरण मैत्रि कार निमार्ण गरेका हुन । देशलाई परनिर्भरताबाट मुक्त गराउन यस कारको प्रविधिलाई व्यवसायमा लैजान सके धेरै हद सम्म अन्य देशबाट आयात हुने कारमा कटौती हुने उनले बतए । नेपालमा पहिलो पटक निमार्ण भएको सोलार कार ९ सय वार्टको डि.सी. मोटर, १२ भोल्टको एक सय व्जको ४ वटा व्याट्रीहरु लाग्ने गर्दछ । एक सय ५० वाटको २ वटा सोलार प्यानल लाग्ने उक्त कारमा चालक सहति ४ सिट क्षेमता रहेको छ । कारमा हुने धेरै आधारभुत सिस्टमहरु ज्डान गरीएको कार्कीले जनाए । डिलक्स सुविधा भएको कारको रुपमा निमार्ण गर्न करीब ८ लाख खर्च लाग्ने उनीहरुले बताए । विदेशमा संचालन भएको सोलार कार सिस्टम र ईन्टर नेटका आधारमा उनीहरुले यस्तो कार निमार्ण गरेका हुन । पुनारा गाडीका पार्ट पुर्जा सहित अन्य सामानहरु प्रयोग गरी उक्त कार निमार्ण भएको कार्कीले जनाए ।
३० किलोमिटर प्रतिघण्टाको गति क्षमता भएको सौर्य उर्जाबाट मात्र करीब ३ घण्टा र बिद्युतीय उर्जाको माध्यमबाट चार्ज गर्न सकिन्छ । सुक्रबार पोखरा सभागृहमा पत्रकारहरु माझ उक्त कार सार्वजनीक गर्र्दै बिद्यार्थीहरुले सो कार निमार्ण गर्दा सरकारी निकायबाट खासै आर्थिक सहयोग नपाएको गुनासो गरे । दोलखाका कार्की, मोरङका खगेन्द्र कार्की, स्याङजाका कृष्ण प्रसाद तिमिल्सिना, चितवनका प्रयास रिमाल, नवलपरासिका राजनरजन खनाल, वर्दीयाका सागर अधिकारी, कास्कीका सौगात कोईराला र हेटौडाका सुमित ढकालले संयुक्त प्रयासमा उक्त कार निमार्ण गरेका हुन ।





