तनहुँकोे एक्लेफाँटमा बस दुर्घटना हुँदा पाँचजना घाइते

दमौली –

तनहुँको आँबुखैरेनी नगरपालिका–३ स्थित एक्लेफाँटमा बिहीबार ग१ख ४४६२ नं का बस दुर्घटना हुँदा पाँचजना यात्रु घाइते भएका छन् ।

आँबुखैरेनीबाट डुम्रे जाँदै गरेको बस उक्त ठाउँमा दुर्घटना हुँदा ती यात्रु घाइते भएका हुन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बन्दीपुर नगरपालिका–९ बस्ने ३७ वर्षीय बुद्धिबहादुर गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको र सामान्य अवस्थाका घाइतेको आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिप्रकाले जनाएको छ । बस चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button