पोखरा –
पोखरा -२५ पुम्दीभुम्दीमा आज बिहान करिब साढे ९ बजेतिर नगर बस दुर्घटनामा परेको छ ।
ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुँदा १ गम्भीर सहित १९ घाइते भएको प्रहरीले जनाएको छ । बिपरित दिसाबाट आएको अर्को गाडीलाइ साइड दिने क्रममा उक्त गाडी दुर्घटना भएको स्थानीयले बताएका छन् ।

गाडी सडकबाट करिब तिन मिटर तल पल्टेको थियो । उक्त गाडीमा ३५ – ४० जना यात्रु सवार रहेको बताइएको छ । चालकको लापरबाहीको कारण दुर्घटना भएको स्थानीयले बाताएका छन् ।
घाइतेहरुको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ । गम्भीर घाइते हुनेमा ३३ वर्षकी दिल कुमारी पौडेल रहेको बताइएको छ । अन्य घाइते हुनेहरुमध्ये चेत भक्त बराल र मिना बरालको हातमा गम्भीर चोट लागेको बताइएको छ ।
लुकुन्स्वारा बाट पोखराका लागि हिडेको उक्त गाडी बिपरित साइडमा पल्टीएको छ ।





