दशैंको टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटमा

पोखरा-

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको  टीकाको उत्तम साइत विजया दशमीको दिन  बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार विजया दशमीको दिन (भोलि) बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको छ  । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए ।

विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत तोकिएकाले देवी विसर्जनपछि जुनसुकै बेला पनि सर्वसाधारणले टीका–प्रसाद ग्रहण गर्न शुभ हुने उनले बताए ।

बिहान ८ बजेर ४५ मिनेटको साइत मुख्यतया राज्यका लागि अर्थात राज्य सञ्चालन गर्नेका लागि रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button