बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा पोखराको लेकसाइडमा युवकको मृत्यु

पोखरा –

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यू भएको छ ।

तिव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका पोखरा ६ लेकसाइडका २० वर्षीय अमुल अधिकारीको मृत्यु भएको हो ।

ग. ५ प. ३७९८ नम्बरको मोटरसाइकल शनिबार सवा ११ बजे बिजुलीको पोलमा ठोक्किएकपछि गम्भीर घाइते भएका अधिकारीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तर त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल शिक्षण अस्पताल लगिएपनि चिकित्सकले अधिकारीलार्इ मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button