पोखरा –
पोखराका युवा ब्यबसायी दिपक तिमिल्सेनाले आफ्नो जानकी एग्रो फर्म बाट उत्पादित दुधको विक्रि पोखराको रत्नचोक बाट गरेका छन् ।
पोखरामा गुणस्तरीय दुधको रुपमा आफू लाई चिनाउन सफल जानकी एग्रोको दुध अब रत्नचोक बाटै विक्रि हुने भए पछि स्थानीय खुशीभएका छन् । आजै देखि सुभारम्भ भएको विक्रिकेन्द्रमा दुध खरिद गर्न आउनु भएकी अञ्जु गुरुङले भन्नु भयो पहिला न्युरोड गएर दुध खरिद गर्ने गरे पनि आज देखि भने रत्नचोकमै दुधको विक्रि केन्द्र स्थापन भए पनि सजिलो भयो उहाँको भनाई थियो ।


सञ्चालक दिपक तिमिल्सेनाले पोखरेली उपभोक्ता लाई गुणस्तरीय दुध ३ बर्ष देखि उपलब्ध गराउदै आएको बताउदै अब दुध संगै गुणस्तरी मासु पनि पोखरेली उपभोक्ता लाई खुवाउने लक्ष्य सहित जानकी फ्रेस हाउस पनि सञ्चालनमा ल्याएको बताए। उहाँले दुधको लागि पोखराको चाउथेमा जानकी एग्रो फार्ममा १ सय ५० भैसी रहेको जानकारी दिए । उहाँले खसी बोकाको गुृणस्तरीय मासुको लागि मकवानपुरको सिस्नेरीमा २६ सय रोपनीमा ६ सय खसी बोका दाना नदिकन छोडेर पाल्ने बताए। उहाले पोखरेली उपभोक्ता गुणस्तरी उपभोग्य बस्तु उपयोग गर्न चाहे पनि अझै नपाएकोले आफूले गुणस्तरीय सेवा दिन जानकी फ्रेस हाउस पनि सञ्चालन गरेको बताए ।फ्रेसहाउसको लागि उहाले ब्यबस्थीत बधशाला संगै विक्रिकेन्द्र निर्माणमा १७ लाख खर्च लागेको बताए । नाफा भन्दा पनि गुणस्तरीय सेवामा आफ्नो ध्यान गएको उहाँको भनाई छ ।





