आगलागीबाट क्षति भएकालाई क्षतिपुर्ति उपलब्ध गराउन माग

पोखरा-
गएराति सहारा मार्ग स्थित पोखरा हङकङ बजारमा आगलागीबाट क्षति भएकाको उचित क्षतिपुर्ति उपलब्ध गराउन विभिन्न संघ संस्थाले माग गरेका छन ।

विहिबार पोखरामा विभिन्न संघ संस्थाहरुको संयूक्त बैठक बसि उक्त आगलागी भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै सो आगजनिबाट हुन गएको क्षतिको सहि मुल्याङ्कन गर्दै पिडित वर्गलाई उचित राहात उपलब्ध गराउन माग गरीएको छ । साथै आगलागी भएको घटनालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियवासी प्रति संयूक्त बैठकले हार्दिक आभार समेत प्रकट गर्दैै धन्यवाद ज्ञापन गरेको सहारा क्लवका अध्यक्ष वीरभद्र आचार्यले बताए ।

संयुक्त बैठकमा सहारा क्लब पोखरा, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट प्रदेश नं. ४), हिमाली साँस्कृतिक परिवार पोखरा, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक, पृथ्वीचोक बसर्पाक टोल विकास संस्था, नेपाल ट्रेड यूनियन कँग्रेस, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहभागिता रहेको थियो । विगत ४ बर्ष अघि पोखराको सडकमा फुटपातमा रहेकाहरुको बजारमा व्यबस्थित ढंगले व्यापार गर्ने क्रममा एक्कासी आगलागी भई क्षति पुगेर उनीहरु हाल ठुलो आर्थिक नोक्सानीमा भएकोले उनीहरुलाई सम्बोधन गर्नु पर्ने स्थानीयको माग समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button