पोखराको न्युरोडमा ८ करोड ५० लाख रुपैया लगानीमा गोर्खा बराह ज्वेलरीको नयाँ शाखा

पोखरा –

गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले पोखराको न्युरोडमा आफ्नै भवनमा नयाँ शाखा विस्तार गरेको छ ।

आम पोखरेलीहरुको माग र संस्थाको बजारविस्तार गर्ने निती अनुसार यही मंसिर ३ गते देखि उक्त शाखाको औपचारुकि उद्घाटन भएसंगै शाखाबाट समेत सुन, चाँदी तथा हिराका गरगहनाको कारोवार हुने भएको प्रा.लि.का अध्यक्ष हरी धमलाले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । सुन, चाँदी तथा हिराका गरगहनाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल गोर्खा वराह ज्वेलरी नयाँ शाखा विस्तारसंगै उक्त अवसरमा होटल वाराही लेकसाईडमा मंसिर ४ गते सुन, चाँदी तथा हिराका गरगहनाका प्रदर्शनी हुने भएको धमलाले जनाए।

gorkha-and-baraha

gorkha-and-baraha-jwelleryनयाँ भवन सहितको शाखा विस्तार गर्दा करीब ८ करोड ५० लाख रुपैया लगानी भएको कम्पनीले जनाएको छ। धरानबाट २२ वर्ष अघि धरानमा जन्मेको बराह ज्वेलरी र गोर्खा कम्यूनिटी पोखराको संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा नयाँ शाखा विस्तार भएको हो ।

धरान देखि काठमाण्डौ, पोखरा, नारायणगढ, हङकङ हुर्दै यु.के सम्म सुन चाँदीको व्यापार विस्तार गरेको बराह ज्वेलरी ले लाखौँ नेपालीहरुको देश तथा विदेशमा समेत विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । गोर्खा एण्ड बराह ज्वेलरी पनि स्थापनाको सुरुबाट हरेक बिलबाट ३० रुपैया छात्रवृति कोषमा जम्मा गरी आर्थिक अवस्था कम्जोर भइ पढ्न नसकेका जेहेन्दार विद्यार्थीहरुलाई पढाउदैँ आएको अध्यक्ष धमलाले वजनाए । यस्तै आर्थिक अवस्था कमजोर भएका नेपाली दाजु भाई दिदी बहिनीहरुको लागी निशुल्क एम्बुलेन्स सेवा समाजमा महिलाहरुको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा पु¥याउने समाजसेवी महिलाहरु मध्ये एक जनालाई चाँदीको सिल्ड सहित गोर्खाली तारा द्घारा सम्मान जस्ता कार्य गर्दै आएको अध्यक्ष धमलाले बताए ।

पोखरामा बसोवास गर्ने युवाहरुलाई रोजगारी सृजना गर्ने, एकल महिलाहरुको लागी निशुल्क गहना बनाउने तालिमको व्यवस्था गर्ने, कास्की लगायत आसपासको जिल्लाहरुलाई बिद्यालय जान नसक्ने बालबालिकाहरुलाई विद्यालय जान सहयोग गर्ने, व्यवस्थित उद्योग खोली यहाँ उत्पादित सुन चाँदीका गहना नेपाल तथा विदेशमा निर्यात गर्ने लगायतका योजनाहरु समेत रहेको धमलाले बताए । प्रालिका संचालक गोर्खा कम्युनिटीका अध्यक्ष समेत रहेका मेजर लक्ष्मी प्रसाद गुरुङले सम्पुर्ण ग्राहक बर्गको कारणले गर्दा आज ५ बर्षमै गोर्खा बराहले नयाँ शाखा स्थापना गर्ने हैसियतमा पुगेको बताए । उनले आफुहरुले व्यवसाय मात्र नगरी सामाजिक उत्तरदाहित्व समेत वोध गरेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button