पोखरामा सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल सुरु

मापदण्ड विपरित निमार्ण भएका घर तथा भवन भत्काउछौं मन्त्री–केसी

पोखरा-
पर्यटकीय नगरी पोखरामा विहिबार देखि सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ सुरु भएको छ । पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा उक्त महोत्सव विहिबार देखि सुरु भएको हो ।

मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको विहिबार एक समारोहका विच शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले गरे । विहिबार देखि पोखरामा सूरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ को उद्घाटन गर्दै मन्त्री केसीले मापदण्ड विपरित जथाभावी घर तथा भवनहरु वन्दा वस्ती भित्र एम्वुलेन्स, दमकल, खानेपानी जस्ता अत्यावसेक सेवाहरु संचालन गर्न कठिन भएकोले मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनहरु भत्काउने चेतावनी दिएका हुन । उनले भने “ जनताको राय सुझाव लियर म अघि बढ्छु, म कुनै राजनीतिक दलको नेता वा पार्टीबाट दवादमा पर्दीन मापदण्ड विपरित निमार्ण भएका घर तथा भवनले हाम्रो कति राम्रा शहरहरु मानव वस्तीका हिसावले जोखिम युत्तछन, यस्ता कुरामा कसैसंग सम्झौता गर्न सकिदैन । ” भवन आचारसंहिता लागु नहुदा हाल देशै भरी अस्त व्यस्त भएको बताएका उनले अब केहि दिन भित्रैमा ३५ दिने सुचना निकालेर मापदण्ड विपरितका घर तथा भवनहरु भत्काउने
सरकार अभियानमा लाग्ने जनाए ।

पोखराको अन्तराष्ट्रिय विमानस्थलको काम चिनको एक्जिम बैंकसंग सम्झौता गर्दा ढिलाई भएको बताउदै उनले केहि दिनमै काम सुरु हुने बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण अभियान स्वरुप गत वैशाखमै शिलन्यास भएको कुराको ख्याल नगर्दा उनले वोल्ने क्रममा पोखरामा छिटै विमानस्थलको शिलन्यास हुन्छ भनेका थिए । उनले त्यसो भनी रहदा महोत्सव स्थलमा पुगेका दर्शकहरुले मन्त्रीलाई खिल्ली उडाएका थिए । फरक प्रशंगमा उनले अबको केहि दिनमै राजनीतिक निकास निकसकले जनाए । उनले भने “ तराई , मधेष तथा जनजातिका
मागहरुको सम्वन्धमा अबको केहि दिनमै निष्कर्षमा पुग्ने गरी टुंगो लाग्छ । ” केहि पार्टीहरुको सिद्धान्त र दृष्टिकोण फरक भएपनि राष्ट्रिय मुद्धामा आफुहरु एक भएको जनाए । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले देशमा जारी संविधान कान्वयन नहुदा जनताहरुको मुहारमा निरासा छायको बताउदै जनतामा खुसिको वहार ल्याउन चैत्रमा निर्वाचन सहित संविधान कान्वयनको लागि दलहरुलाई आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्कीले संविधान कान्वयन हुन नसक्दा देशमा आर्थिक विकास तिव्र गतिले अघि बढ्न नसकेको गुनासो गरे ।

पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीका अध्यक्ष केपी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न भएको महोत्सव उद्घाटन सत्रमा सांसद शारदा पौडेल, संस्थापक अध्यक्ष चिरन्जिवी श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगाएतले आ- आफ्नो धारणा राख्दै महोत्सबको सफलताको लागी शुभकामना ब्यक्त गरेका थिए ।

उक्त महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए। पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त महोत्सवलाई आयोजना गर्दै आएको उनले बताए । “पर्यटन प्रवद्र्धन संगसंगै” भन्ने नारा सहित आयोजना हुने महोत्सवमा बजार मुल्य भन्दा सहुलियतमा एउटै रेष्टुरेण्टबाट खानाका परिकार पाईने भने पनि केहि मुल्य भने बढी लिएको दर्शकले गुनासो गरेका छन ।

आयोजकले एउटा रेष्टुरेण्टबाटै पहिले नै मेनु तयारी गरी खानाका परिकारहरु पस्केको पाध्याले बताए । उनले भने “मेला र महोत्सवमा दर्शकहरुले खानामा महङगो हुने गरेको गुनासो भएकोले हामीले यस पटक आयोजकबाटै व्याबस्थापन हुने गरी रेष्टुरेण्ट संचालन गरेका हौं । ” खानाको मेनु समेत सार्वजनीक गरीएको उनले जनाए । महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए । महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए।

महोत्सवमा ११३७ वटा अण्डाको एउटै अम्लेट वन्ने

नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ । उनका अनुसार यो सम्भवत नेपालमै पहिलो पटक धेरै अण्डाबाट अम्मेट वनाउने अभियान पोखरामा हुने भएको हो ।  चितवनमा एक हजारसम्मको अण्डाको अम्लेट पाकेको बताइृन्छ ।

महोत्सवमा निशुल्क सिमकार्ड
उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरीदैछ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ । महोत्सव उद्घाटनको पुर्व सध्यामा सृजनाचोकबाट विहान झाँकी सहितको र्याली महोत्सव स्थलमा पुगेर उद्घाटन सत्रमा परिणत भएको महासचिव दिपक तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button