पोखरामा हुने लायन्स मल्टिपल फेलोसिपको पूर्व सन्ध्यामा ¥याली

पोखरा-
शनिबार पोखरामा हुने लायन्स मल्टिपल फेस्टिभल कार्यक्रम र शुक्रबार हुने क्याविनेट मिटिङको पूर्वसन्ध्यामा मोटर ¥याली निकालिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ को आयोजना तथा नेपाल अटोमोबाइल स्पोट्र्स एशोसियशनको (नासा)को सहयोगमा बिहीबार मोटर ¥याली निकालिएको हो ।

काठमाडौंबाट ३० वटा मोटरमा १ सय २० जना र बिराटनगरबाट १५ वटा गाडीमा ५५ जना ¥यालीमा सहभागी भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका उपाध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एभडाइजर मोहनबाबु खड्काले जानकारी दिए ।

मुग्लिनमा भेट भएर पोखरा आइपुगेको ¥यालीको टोलीलाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटन प्रवद्र्धन तथा सडक सुरक्षाको मुख्य उद्देश्यसहित ¥याली निकालिएको हो । कार्यक्रम संयोजक मधुसूदन सिग्देलको नेतृत्वमा ¥याली भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button