
सरकारले कच्चा पदार्थ कम मात्रमा दिएको छ महासंघका अध्यक्ष –विश्वकर्मा
पोखरा –
गोर्खा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले पोखराको न्युरोडमा आफ्नै भवनमा नयाँ शाखा विस्तार गरेको छ ।
आम पोखरेलीहरुको माग र संस्थाको बजारविस्तार गर्ने निती अनुसार आज सुक्रबार उक्त शाखाको औपचारीक उद्घाटन भएसंगै उक्त शाखाबाट कारोवार समेत सुरु भएको छ । नेपाल सुन, चाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले उक्त शाखा उद्घाटन गर्दै सरकारले आफुहरुले माग गरे अनुसारको कच्चा पदार्थ उपलब्ध गराउन नसेकको गुनासो गरे । उनले भने “ हामीले सुन, चाँदी तथा हिराका गरगहना वनाउदा आवश्यक पर्ने कच्चा पदार्थहरु सरकारले प्रयाप्त मात्रमा उपलब्ध गराउन नसक्दा हाम्रो व्यवसायलाई असर परेको छ । ” सुन चाँदी जस्तो जोखिमपुर्ण पेशा अपनाएका व्यवसायीहरुलाई सरकारले अझै पनि आवश्यक सुरक्षाको व्यावस्था गर्न नसकेको बताउदै उनले व्यवसायीहरुलाई गुणस्तरीय सामानहरु विक्रि गर्न निर्देशन दिए । सिप भएका मजदुरहरुलाइ उनको दक्षता अनुसारको श्रमको उचित ज्याला दिनुपर्ने समेत विश्वकर्माले जनाए । उद्घाटन सत्रमा गोर्खा एण्ड बराहको ब्राण्ड एम्वेस्डर नायीका करीश्मा मानन्धरको समेत उपस्थिती रहेको थियो ।
सांसद शारदा पौडेलले गोर्खा बराह जस्ता अन्य व्यवसायीहरुले पनि आफ्नो व्यावसायको साथमा सामाजिक उत्तरदाहित्व वोध गर्न आग्रह गरीन । पोखरा उद्योग बाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्कीले पोखरेली व्यवसायीहरुको हकहितको लागि संघले विभिन्न कार्यक्रम गर्दैै जाने बताउदै सरकारले कर उठाउसंगै निजी क्षेत्रको प्रवद्र्धनमा पनि खर्चीन आग्रह गरे। प्रा.लि.का अध्यक्ष हरी कुमार धमलाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सञ्चारकर्मी शान्ति गुरुङले कार्यक्रमको संचालन गरेकी हुन ।

२२ वर्ष अघि धरानमा जन्मेको बराह ज्वेलरी र गोर्खा कम्यूनिटी पोखराको संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा नयाँ शाखा विस्तार गरेको अध्यक्ष धमलाले बताए । उनले भने “ हामी पोखरामा नयाँ शाखा लियर आएको एक महिनामै करीब दुई करोडको चोरी भएर धरान फर्किने अबस्थामा गोर्खालीहरुको सहयोग र साथले गर्दा आज यो स्थानमा आउन सफल भएका हौं । धरान देखि काठमाण्डौ, पोखरा, नारायणगढ, हङकङ हुर्दै यु.के सम्म सुन चाँदीको व्यापार विस्तार गरेको बराह ज्वेलरी ले लाखौँ नेपालीहरुको देश तथा विदेशमा समेत विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । गोर्खा एण्ड बराह ज्वेलरी पनि स्थापनाको सुरुबाट हरेक बिलबाट ३० रुपैया छात्रवृति कोषमा जम्मा गरी आर्थिक अवस्था कम्जोर भइ पढ्न नसकेका जेहेन्दार विद्यार्थीहरुलाई पढाउदैँ आएको अध्यक्ष धमलाले बताए। यस्तै आर्थिक अवस्था कमजोर भएका नेपाली दाजु भाई दिदी बहिनीहरुको लागी निशुल्क एम्बुलेन्स सेवा समाजमा महिलाहरुको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा पु¥याउने समाजसेवी महिलाहरु मध्ये एक जनालाई चाँदीको सिल्ड सहित गोर्खाली तारा द्घारा सम्मान जस्ता कार्य गर्दै आएको अध्यक्ष धमलाले जनाए । गोर्खा बराहले पोखरा सभागृहबाट विगत ५ बर्ष देखि निरन्तर रुपमा सेवा दिदै आएको छ ।

पोखरामा बसोवास गर्ने युवाहरुलाई रोजगारी सृजना गर्ने, एकल महिलाहरुको लागी निशुल्क गहना बनाउने तालिमको व्यवस्था गर्ने, कास्की लगायत आसपासको जिल्लाहरुलाई बिद्यालय जान नसक्ने बालबालिकाहरुलाई विद्यालय जान सहयोग गर्ने, व्यवस्थित उद्योग खोली यहाँ उत्पादित सुन चाँदीका गहना नेपाल तथा विदेशमा निर्यात गर्ने लगायतका योजनाहरु समेत रहेको धमलाले बताए ।





