पोखरामा नगरपालीका कडा रुपमा प्रस्तुत, मापदण्ड विपरितका संरचना धमाधम भत्काउदै

पोखरा –

पोखरामा मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउनको लागी नगरपालीका कडा रुपमा प्रस्तुत भइरहेको छ ।

dojarपोखराको पृथ्बीराजमार्गमा पर्ने विजयपुर पुल देखि पोखरा उपमहानगरपालीका कार्यालयले विभिन्न संघ संस्थाको समन्यवमा सडकको विच भाग देखि ७५ फिट लागु हुने गरी मापदण्ड बिपरित निमार्ण भएका भौतिक संरचना डोजर लगायर धमाधम भत्काउदै छ । यो अभियान शुक्रबार देखि सुरु भएको  र बुधबार सम्ममा  सकिने नगरप्रहरी प्रमुख वसन्त चालिसेले पोखरान्युजडटकम लाइ  बताए ।

bhawan

तिन बर्ष अगाडी सोही अभियानको बेला भत्काउन नसकेका भौतिक संरचना समेत अहिले नगरपालिकाले भत्काएको छ । यसै क्रममा तिन बर्ष अगाडी मापदण्डमा परेर पनि नभत्काईएको  बुद्ध चोक स्थित एक घर मगलबार भत्काइएको छ ।

डोजर लगायर घर भत्काएपछि केही घर परिवारमा रुवावासी समेत चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button