घान्द्रुकको मेलाचेबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

पोखरा –

घान्द्रुक गाविसको मेलाचेबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहीलेपक्राउ गरेको छ । मेलाचे नजिकैको चुइले गाउँबाट ५२ वर्षीय धर्म विक भरुवा बन्दुकसहित सोमबार पक्राउ परेका हुन् । घान्द्रुक प्रहरी चौकी इन्चार्ज भट्टेराम गुरुङ नेतृत्वको टोलीले गस्तीका क्रममा विकलाई पक्राउ गरेको हो ।

विकको साथबाट प्रहरीले १ थान लोड गरिएको भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ७ थान नाल, २ सय ५० ग्राम छर्रा र ८ सय ५० ग्राम गाँजा बरामद गरेको छ ।

इन्चार्ज गुरुङले सुरुमा गाँजा बरामद गरेको र गाँजाको बोट फडानी गर्दा सिस्नुघाँरीबाट लोड गरिएको भरुवा बन्दुक फेला परेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button