सिटी रेवान महोत्सवमा आज (विहिवार) पनि दर्शकहरु साँगितिक माहोलमा रम्न पाउने

पोखरा –
पोखरामा जारी सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ मा आज विहिवार पनि दर्शकहरु साँगितिक माहोलमा रम्न पाउने भएका छन ।

हरेक दिन विभिन्न विधाका चर्चित गायक गायीकाहरुलाई स्टेज प्रदान गर्दे आएको आयोजकले विहिवार पनि डिजे डान्स र लोकदोहोरि धमका हुने जनाएको छ ।

महोत्सवमा आज विहिवार लोकदोहोरि तर्फ पुरुषातम न्यौपाने ,कुमा ेर पुन र जीबन दाहाल, चोलेन्द्र पौडेल, दिलु लामा, निशा पोखरेल, प्रदिप त्रिपाठी, सुरेन्द्र गुरुङ लगायत अन्य कलाकारहरुल प्रस्तुतिने राख्ने छन ।

त्यस्तै वेलुकी पख चर्चित डिजेहरुले दर्शकलाई म्यूजिकमा झुमाउने पप कन्सर्ट तर्फका संयोजक जिवन गुरुङले जानकारी दिएका छन ।  दर्शकहरुको मनोरञ्जनको लागी विहिवार नै हास्य कलाकारहरु मुलाको साग र जोगिन्दरले पनि प्रस्त्ुति राख्ने ग्रुङले बताए ।

महोत्सवमा वुधवार चर्चित गायीका प्रिति आले, रामजी पौडेल, सविन गुरुङ, निश्चल दवाडी, सिता केसि, जिवन दाहाल र चिना थापाले प्रस्तुति राखेका थिए । त्यस्तै सुगम संगित तर्फ सरिता प्रजापति, सि.डि विजय अधिकारी, पुजा थापा र सन्तोष वस्यालको प्रस्तुति रहेको थियो ।

पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन ९पोखरा सिटी रेवान० कास्कीको आयोजनामा भएको महोत्सवमा हरेक दिन आकर्षक नृत्य प्रस्तुत गर्ने एस के डान्स स्कुलका विद्यार्थीहरुले सोमवार पनि त्यसलाई निरन्तरता दिएको संयोजक गुरुङले बताए ।

यसैविच महोत्सवमा आयोजित एकल महिला गृहिणी नृत्यमा १५ जना प्रतिस्पर्धिलाइ पछि पार्दै ४ जना फाइनलमा प्रबेश गरेका छन् ।

पुष्पा गुरुङ, सविता रानाभाट, गीता सुवेदी र चन्द्रा ओझा फइनलमा प्रबेश गरेका छन् । त्यस्तै रत्यौली प्रतियोगितामा पनि अन्तिम चार टिम छानिएका छन् ।

मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए ।

महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिएको पाध्यले जनाए ।

महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले बताए ।

नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ ।

उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरिएको छ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button