कस्तो रहनेछ आज र भोलिको मौसम ?

पोखरा न्यूज । आज बिहीबार मुलुकका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकीसँगै  प्रदेश १ र  बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति गण्डकी प्रदेश, प्रदेश १ र बागमतीका पहाडी भूभागमा आँशिक बदली रहनेछ ।

शुक्रबार गण्डकीसँगै  प्रदेश १ र  बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button