पोखरा –
पोखरामा एक हप्ता घर नक्सा सम्बन्धि काम नहुने भएको छ ।
पोखरा उप–महानगरपालिका कार्यालय भुकम्प सुरक्षा तथा घर नक्शा महाशाखाले सुचना प्रकासित गरी मंसिर १२ देखि १७ गतेसम्म घर नक्सा सम्बन्धि कार्यहरु नहुने जनाएको हो ।
कार्यालयका प्राविधिकहरु लगत अनुमान तयार पार्न विभिन्न वडाहरुमा खटिनु परेकोले एक साता घर नक्साको कामकाज नहुने भएको नगरपालीका कार्यालयले जनाएको छ ।





