नेपालमा माैसम प्रतिकूल हुँदै, यी क्षेत्रमा वर्षा र हिमपातकाे सम्भावना

पर्वतारोहण, हवाई-यातायात लगायतका दैनिक जनजीवनमा समेत असर पर्न सक्ने

पोखरा न्यूज ।  नेपालमा  शुक्रबारबाट माैसम प्रतिकूल हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण  भाेलि शुक्रबार बिहानबाट सुदूरपश्चिम हुँदै पूर्वतिर बादल सर्नेछ ।

साे क्रममा गण्डकी प्रदेशसँगै  सुदूरपश्चिम , कर्णाली र लुम्बिनीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ । ‘उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ,’ महाशाखाले भनेकाे छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button