पोखरामा लैङ्गिक हिंसा विरुद्धका अभियान

पोखरा-

समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको अभियान सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । चिल्ड्रेन नेपाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीद्वारा संयुक्तरुपमा आयोजित “लैङ्गिक हिंसा र यसको प्रभाव” विषयक एक दिने अनुशिक्षण कार्यक्रममा सो जोड दिइएको हो । महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका सचिव अधिवक्ता कल्पना भण्डारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चिल्डे«न– नेपालले विभिन्न विद्यालयमा पठनपाठनमा सहयोग पुरयाउँदै आएका ६५ जना बालबालिकाका अभिभावकको सहभागीता रहेको थियो ।

चिल्डे«न नेपालका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिका लागि नागरिक समाज सञ्जालका पूर्व अध्यक्ष सरला पाण्डे, मानवअधिाकार महिला रक्षक सञ्जालका जानकी शर्मा, सिविनका शेखर नेपालीलगायतले महिलामाथि हुने जुनसुकै प्रकृतिका विभेद्को अन्त्य गर्न सचेतना कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button