पोखरामा ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस

पोखरा-

६८औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्र्तगत आयोजित विविध कार्यक्रमहरु सनिबार सम्पन्न भएका छन् । कार्यक्रम अन्र्तगत राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा तथा पश्चिमाञ्चल मानवअधिकार महाभेला आयोजक समितिको आयोजनामा शनिबार प्रभातफेरि गरिएको छ । चिप्लेढुंगास्थित मानवअधिकारचोकबाट सुरु भएको प्रभातफेरि सभागृहमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले संविधान कार्यान्वयन विना अधिकारको प्रत्याभूति हुन कठिन हुने बताउनुभयो । मुलुकको समृद्धिविना नागरिकका कुनैपनि अधिकार प्रत्याभूत गर्न असहज हुने उहाँको धारणा थियो । अधिकार प्रत्याभूत गराउन राज्य सदैव सचेत रहेको बताउँदै उहाँले देशको संक्रमणकालीन अवस्थाका कारण मानवअधिकारको पूर्ण कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

राज्यले प्रत्याभूत गरेका बाल अधिकार, अपाङ्गहरुको अधिकार, महिला अधिकार लगायत सम्पूर्ण अधिकार प्राप्तिका लागि देशमा स्थितरता आवस्यक पर्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै महिला तथा बालबालिका अधिकृत लक्ष्मी जिसीले अधिकार प्राप्तिका लागि नागरिक स्वयं सचेत रहनुपर्ने आवस्यकता औँल्याउनुभयो । सो अवसरमा आदिवासी जनजाती महासंघ कास्कीका अध्यक्ष पानवहादुर घर्तीले आदिवासीहरुको हक हित र अधिकारका निम्ति राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मानवअधिकारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै अधिकारकर्मी रामप्रसाद घिमिरे र निर्मला गुरुङ्गलाई दोशल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै घिमिरे र गुरुङ्गले मानवअधिकारका क्षेत्रमा अझै क्रियाशिल रहेर कार्य गर्ने बताउनुभयो ।
मानवअधिकारको बारेमा क्षेत्रीय र राष्ट्रियस्तरमा सचेतना फैलाउने तथा संक्रमणकालिन न्याय, शान्ति र दीगो विकासका लागि सरोकारावाला निकाय र राज्यका संयन्त्रहरुबीच आपसी सद्भाव बढाउँदै मानवअधिकार संस्कृतिको विकास गर्ने उद्धेस्यले अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाको पहलमा दिवस मनाईएको हो । दिवसको अवसरमा डिसेम्बर ८ अर्थात गत मंसीर २२ गतेबाट त्रिदिविसय कार्यक्रम सुरु भएका थिए । जस अन्र्तगत २२ गते कास्की कारागारको अनुगमन तथा बन्दीहरुलाई सचेतना, २३ गते रक्तदान कार्यक्रम, मानवअधिकार सम्बन्धि बृत्तचित्र प्रर्दशनी, मानवअधिकार सेल्फी स्टेण्ड, र मानअवधिकार हाजिरीजवाफ कार्यक्रम गरिएको थियो । यस्तै २४ गते क्षेत्रीय प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरिएको थियो भने आम सञ्चारमाध्यमहरुमा अधिकार सम्बन्धि संवाद, लैङ्गिक हिंसा विरुद्ध सचेतना, पश्चिमाञ्चल क्षेत्रमा मानवअधिकारको अवस्था सम्बन्धि कार्यक्रम, मानवअधिकार सेल्फी, मनोसामाजिक सचेतना,अपाङ्गता र मानअवधकिार सम्बन्धि अन्तक्रिया र विद्यालय तथा कलेजमा मानवअधिकार विषयक कार्यक्रमहरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button