पोखरामा राष्ट्रियऔद्योगिक व्यापार मेला जारी

पोखरा-

पोखराको नयाँ बजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिवार दर्शकको उपस्थिति केहि बाक्लिएको छ  । शनिवार विदाको दिन भएकाले पनि मेला हेर्न जाने दर्शकको संख्यामा वृद्धि भएको हो ।

शनिवार सम्म करिब २९ हजार जनाले मेला अवलोकन गरेको तथा २ करोड ५०लाख रुपैयाँ वरावरको कारोवार भएको आयोजकले दाबी गरेको छ  । शनिबार मेलामा  ज्योति मगर,शंकर विरही गुरुङ,  जितु नेपाल   कालिप्रसाद बास्कोटा लगाएतका कलाकारले आफ्नो प्रस्तुति मार्फत  दर्शकलाई  मनोरञ्जन दिलाएका दिए ।

आइतबार अन्तर्राष्ट्रियस्तरका रेस्लरहरुको विशेष प्रस्तुति संगसंगै  पोखरामा रहेका विदेशी पर्यटकहरुलाई मेलास्थलको अवलोकन भ्रमण गराउने कार्यक्रम रहेको  आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button