प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।

एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ ।

एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button