पृथ्बीराजमार्ग वस संचालक समितिद्धारा पोखरा–जोमसोम सडकमा एक सय जिप संचालनमा

पोखरा- 

पृथ्बीराजमार्ग वस संचालक समितिले पोखरा देखि जोमसोमसम्म सिधा जिप सेवा संचालन गर्ने भएको छ ।

समितिले केहि समय देखि पोखरा जोमसोम सडकमा १५ वटा डिलक्स वस सेवा संचालनमा ल्याएसंगै आगामी एक महिना भित्रमा पोखरादेखि जोमसोम सिधा जिप सेवा संचालन गर्न एक सय वटा जिप संचालनमा ल्याउने भएको समितिका महासचिव योगेन्द्र केसीले जनाए । यात्रुको चाहाना र माग अनुसार समय परिस्थितले गर्दा आफुहरुले ठुलो लगानीमा जिप सेवा संचालनमा ल्याउने भएको समितिका महासचिव केसीले बताए । उनले भने “ यो सरकारले हामीलाई खुल्ला गरेकोले, अन्य समितिहरुले पनि आफु खुसि जिपहरु थपेकोले हामीहरुले पनि जनताहरुलाइ सुविधा दिने उद्धेश्यले जिप सेवामा ठुलो लगानी गर्दैछौं । ” करीब ३६ लाख मुल्य बराबरका एक सय वटा जिप थप्दा करीब ३६ करोड लगानी थपिने भएको उनले जनाए । उनले भने “मुस्ताङ यातयातमा हुने सिण्डीकेट हट्यो, अब त्यहाँ यात्रुले चाहे जस्तो र भनेको समयमा सेवा पाउने भएको छ, तर हामीद्धारा संचालीत हुने जित एक गुणस्तरका त अर्को हामीले यात्रुहरुको दाहित्व वोध गर्न सक्छौं । ” भाडा दर भने प्रति व्यक्ति पोखरा देखि मुस्ताङसम्मको एक हजार ५ सय रुपैया हुने उनले बताए । वस भाडा भने हाल उक्त रुटमा एक हजार रहेको छ । यस बर्षको पर्यटनको सिजन अक्टुवर, नोवेम्वरमा हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटकहरुको सख्यामा बृद्धि भएसंगै पोखरा जोमसोम सडकमा सिधा जिप सेवा विभिन्न समिति तथा प्रालिद्धारा धमाधम जिप संचालनमा ल्याईदैछ ।

मुक्तिनाथ दर्शन यातायात प्रालिले हालै जोमसोमदेखि पोखरासम्म सिधा जिपसेवा सुरु गरसंगै थप दुई वटा समितिले समेत जोमसोमदेखि पोखरासम्म सिधा जिपसेवा संचालनमा ल्याएका हुन । हालै २७ वटा जिपबाट सेवा सुरु गरेको कम्पनीले थप १३ वटा जित हप्ता दश दिन भित्र संचालनमा आउने तयारी भएको प्रालिका एक सदस्य दिपक लालचनले बताए । त्यसै गरी अन्य समितिका करीब एक सय ६० भन्दा बढी जिपहरु संचालनमा आउदैछन । प्रालिले जिप सेवामा करीब १२ करोड लगानी गर्दैछ भने अन्य समितिहरुले करीब ४० करोड भन्दा बढी जिप सेवा संचालमा लगानी गर्दैछन । पोखरादेखि जोमसोमसम्म भाडा शुल्क एक हजार ६ सय ९० तोकिएको छ भने अन्य समितिद्धारा संचालीच जिपमा भने एक हजार ५ सय रुपैया रहेको छ । म्याग्दी जीप तथा वस संचालक समितिले हाल पोखरा जोमसोमको सिधा जिप सेवामा हाल २० वटा जिप संचालनमा ल्याएको छ । समितिका मोहन केसीले हाल हाफुहरुले थप ३० वटा जिप थप्ने तयारी गरेको जनाए । म्ुास्ताङ जिप तथा वस व्याबसाय समितिका उपाध्यक्ष सुर्य सुनुवारका अनुसार हाल आफुहरुले नयाँ पुराना गरी जोमसोमदेखि पोखरासम्म सिधा जिप सेवा संचालन गर्न ८० वटा जिप रहेको बताए । आफुहरुसंथ थप ३५ वटा डिलक्स वस सेवा समेत रहेको उनले जनाए । उनका अनुसार वेनि मुस्ताङले ८ क्यु, पोखराले १० र मुस्ताङ जिप तथा तथा वस व्याबसाय समितिले मासिक १२ क्यु संचालन गर्ने आफुहरुको सहमती भएको छ । समितिहरुसंग भएको सहमति अनुसार अब यात्रुहरुले विभिन्न कारणले गर्दा सास्ती भोग्नु नपर्ने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button