
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट बिजयी कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्तत: नेकपा एमाले प्रवेश गर्ने हुनुभएकाे छ ।
सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नेुहुनेछ ।
‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ’ एमाले केन्द्रिय सदस्य बद्री न्यौपानेले भन्नुभयाे, ‘झन्डै ५ हजारजना आज एमाले प्रवेश गर्नेछन् ।’
उहाँका अनुसार सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई ओलीलगायतका एमालेका अन्य शिर्ष नेताहरुले सम्वोधन गर्नुहुनेछ।
उहाँका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रमार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीवाट बिजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा बिजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसवाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत बिभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।





