प्रचण्डलाई पोखरेलको सुझाव: कांग्रेसमै प्रवेश गर्नुस्

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिनुभएकाे छ ।

माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उहाँले कांग्रेसमै समाहित हुन सुझाव दिनुभएकाे हाे ।

‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’

चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उहाँले दाबी गर्नुभयाे।

पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उहाँले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गर्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button