
पोखरा न्युज – पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् ।
पोखरा महानगरको वडा नम्बर १, २ र १२ को एक हजार मत गणना हुँदा आचार्यले ४०६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३५४ मत ल्याएका छन् ।
बिहान ३:३० बजे सार्वजनिक गरिएको नतिजा अनुसार राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले ६१ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १९ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४५९ मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३७१ मत पाएकी छन् ।राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले ५५ मत प्राप्त गरेकी छन् ।
पोखरामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।





